कम्मरमा लुकाएर ल्याएको चाँदीसहित भारतीय किशोर पक्राउ
बिहीबार, २३ कात्तिक २०८०, १६ : २७
सर्लाही । कम्मरमा लुकाई ल्याएको करिब १ केजी ९ सय ५० ग्राम चाँदी लगायतका विभिन्न सामानसहित एक किशोर पक्राउ परेका छन् ।
भारत सितामढी बसतपुर ग्राम पञ्चायत-७ बस्ने १९ वर्षीय लभ दासलाई मलंगवा नगरपालिका-८ लचकाबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो ।
उनको साथबाट चाँदीको सिक्का २० थान, हनुमानी १ थान, औंठी ८ थान, पायल-४ जोर, ब्रासलेट १ जोर, प्लेट २ थान, गणेश र लक्ष्मीको मूर्ति ११ थान, सिक्री ३७ थान गरी उक्त तौलको चाँदीका सामान बरामद भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण