हत्या आरोपी १२ वर्षपछि पक्राउ
शुक्रबार, २४ कात्तिक २०८०, २० : ०३
काठमाडौँ । हत्याको घटनामा संलग्न आरोपितलाई प्रहरीले संखुवासभाबाट १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–२ घर भएका बुद्धिराज जिमी उर्फ बुद्धे छन् ।
२८ वर्षीय जिमिलाई धर्मदेवी नगरपालिकास्थित तामाफोकबाट पक्राउ गरिएको संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले रातोपाटीलाई बताए ।
२०६८ फागुनमा साविक तामाफोक गाविस वडा नम्बर–५ बस्ने रविन जिमीलाई बुद्धिराज सहितका व्यक्तिहरुले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा राम कुमार जिमी पनि संलग्न थिए । हत्यापछि ‘बुद्धे’ फरार थिए । प्रहरीले उनलाई संखुवासभा जिल्ला अदालतमा पेस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण