बैंकिङ कसुर मुद्दामा फरार २ जना पक्राउ
शुक्रबार, २४ कात्तिक २०८०, २० : २०
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार २ जना प्रतिवादीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–२ बस्ने ३१ वर्षीय शम्सेर कन्दङ्वा र मेचीनगर नगरपालिका–१० बस्ने ३७ वर्षीया जुनु तिम्सिना छन् ।
उनीहरुलाई उच्च अदालत विराटनगरले जरिवाना तथा कैद सजाय हुने फैसला गरेको थियो । शम्सेर कन्दङ्वालाई ७ दिन कैद, ७ लाख ५० हजार जरिवाना र ३० हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने अदालतले फैसला गरेको थियो । तेह्रथुम घर भएका कन्दङ्वा फैसला पछि फरार थिए ।
जुनुलाई अदालतले ५ लाख कैद र ५ दिन जरिवाना हुने ठहर गरेको थियो । जुनुले २० हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने अदालतको ठहर छन् । पक्राउपछि अदालतको आदेशले दुवैजनालाई कारगार कार्यालय झापा चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण