आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

मङ्गलबार, २८ कात्तिक २०८०, ०८ : १०
मङ्गलबार, २८ कात्तिक २०८०

काभ्रे । काभ्रेको चौंरीदेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६, स्थित बोक्सेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार साँझ ४ बजेको समयमा चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६ स्थित लोक मार्गअन्तर्गतको सडक खण्डमा बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकल पल्टिएर सडकबाट  ८० मिटर तल पाखामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा चौंरीदेउराली- ६ बोक्सेकी ४५ वर्षीया गोमा चौलागाईं रहेकी छिन् ।

उनको घटना स्थलमा नै मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए । मोटरसाइकल चालक ४८ वर्षीय दिल्लीप्रसाद चौलागाईंको घाइते भएका छन् । उनको आँखामा र टाउकोमा लागेको र उनको अवस्था गम्भीर रहेको सुचना अधिकारी श्रेष्ठले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दिल्लीको कात्तिके देउरालीमा रहेको धुलिखेल अस्पतालको आउटरिच सेन्टर (स्वास्थ्य केन्द्र)मा उपचार भइरहेको छ । मृतक गोमा मोटरसाइकल चालक दिल्लीको श्रीमती हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप