अमेरिकामा पनि मनाइयो गाई तिहार
डिसी महानगर क्षेत्र । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा पूजा गर्नको लागि गाई नै ल्याई पहिलो पटक गाईको पूजा गरी गाई तिहार मनाइएको छ । यस समुदायका लागि निकै आश्चर्य हुनुको साथै धुमधामले अमेरिकामा पनि नेपाल जस्तै गरि गाई पूजा गरेका छन् ।
अमेरिकामा सम्भवत यसरी गाई नै ल्याई पहिलो पटक गाईलाई भौतिक रुपमा पूजा अर्चना गर्दै गाई तिहार मनाइएको छ । यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय निकै हर्षित भएका छन् । त्यहाँ आएका धेरै नेपाली समुदायले नेपाल छोडेको कैयौ वर्षपछि गाई पूजा गर्दै गाई तिहार मनाउन पाउँदा खुसी हुँदै आयोजकलाई धन्यवाद दिएका छन् । एक जना समुदाय सदस्य २६ वर्षपछि गाई पूजा गर्न पाएकोमा आधा घण्टा सम्म पूजामा व्यस्त रहेका थिए।
साथै दोश्रो पुस्ताले सामाजिक संजाल र नेपाली संचार माध्यममा मात्र गाई पूजा गरेको देख्ने यही जन्मिएका बालबालिका आश्चर्यमा परेका छन् । बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरको प्राङ्गणमा गङ्गा र जमुना नामका दुई वटा बाछी ल्याउने र गाई पूजा गराउने जिम्मा हिन्दु बुद्ध मन्दिर तथा सन् २०१२ मा स्थापित पर्वत समाज अमेरिकाले गरेका हुन् ।
मन्दिर व्यवस्थापन तथा पर्वत समाज अमेरिकाकाको अथक प्रयासबाट सम्भवत अमेरिकामा पहिलो पटक गाईको पूजा गर्दै गाई तिहार मनाईएको छ । अमेरिकामा आज नोभेम्बर १३ सोमबार गाई तिहारको दिन बिदा नभएता पनि समुदायहरुले समय व्यवस्थापन र कामबाट आएर पनि गाई पूजा गरे ।
नेपाल जस्तै खानेकुरा भन्दा आजको लागि जोडी बाछी प्रदान गर्नेले दिएको निर्देशन अनुसार खानेकुरा दिनुको साथै नेपालीहरुले खुसी हुँदै पूजा गरेका छन् । पर्वत समाज अमेरिकाका प्रविन भण्डारीले यसरी समुदायलाई सेवा गर्ने अवसर पाएकोमा निकै गर्व लागेको बताए । नेपालीहरुले दिएको खानेकुरा खान रुचि नदेखाएको र घाँस नै दिइएको थियो ।
त्यस्तै हिन्दु बुद्ध मन्दिरका तर्फबाट तरुण पौडेलले हामीले समुदायको चाहना अनुसार अलिक मेहनत लागेता पनि नेपालमै गाई पूजा गरे झैँ अमेरिकामा पनि गाई पूजा गर्न पाईएकोमा हर्षको कुनै सीमा नरहेको बताए । उनले यो सबैको साथ र सहयोगको कारण सफल भएकोमा सबै प्रति कृतज्ञता व्यक्त गरे ।
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन नेपाल र अमेरिकाको बाल्टिमोरमा गाईको पूजाआजा गरियो । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ । आज पनि गंगा जमुना बाछीको पुच्छरमा क्षाबन्धन डोरो समेत लगाईएको तरुण पौडेलले बताए ।
गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । नेपालमा गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण