युवा पङ्क्तिमा बढ्दो निराशा छ, बाहिर जाने पङ्क्ति बढिरहेको छ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सक्रिय युवाको जनसङ्ख्या पर्याप्त रहे पनि युवाहरूमा निराशा रहेको बताएका छन् । शनिवार काठमाडौँमा भएको एमालेको जनसङ्गठनको विशेष बैठकलाई सम्बोधन गर्दै उनले नेपालको ६० प्रतिशत बढी जनसङ्ख्या सक्रिय रहेको, ४२ प्रतिशत युवा जनशक्ति रहेको भने पनि अहिले समग्र जनशक्तिको १० प्रतिशत युवा बाहिर जाने अवस्था रहेको बताए ।
उनले देश देश राजनीतिक अस्थिरता र अराजकतामा गएको बताएका छन् । देशमा आर्थिक अवस्था ओरालोमा लागेको, सामाजिक विशृङ्खलता बढिरहेको सामाजिक सद्भाव बिथोल्ने क्रियाकलाप भइरहेको ओलीले बताएका छन् । सांस्कृतिक हिसाबले देशलाई पतनमा लैजाने प्रयास भइरहेको ओलीले टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले स्वास्थ्य क्षेत्रमा पनि समस्या रहेको औँल्याएका छन् । उनले भने– ‘स्वास्थ्य क्षेत्रमा कुनै प्रगति छैन, अधोगतिमा लैजाने काम भइरहेको छ । नर्सहरू निष्कासित हुन्छन्, नर्सको आवश्यकता छ देशलाई तर नर्सिङ क्याम्पस बन्द गरिन्छन् र भएका नर्सहरूलाई बाहिर निष्कासित गरिन्छ । डाक्टर पढाउन पहिलादेखि पढाइरहेका केहीले पाएका छन् तर डाक्टर पढाउन, मेडिकल शिक्षा दिन यो देशमा पाइँदैन निषेध गरिएको छ । युवा पङ्क्तिमा बढ्दो निराशा छ, बाहिर जाने पङ्क्ति बढिरहेको छ ।’
उनले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालका रुख काटेर जङ्गल समाप्त पार्ने काम भइरहेको बताएका छन् । सरकारको आलोचना गर्दै उनले अराजकता मच्चाउनेलाई सरकारले संरक्षण गर्ने तर न्याय माग्न माइतीघरमा पुगेका नागरिकलाई लछारपछार गर्ने गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण