सडक पूर्वाधार निर्माण एवं लगानीबारे चेम्बर र चिनियाँ राजदूतबीच छलफल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर ब्यापार सहजीकरणका लागि चिनियाँ राजदूत समक्ष आग्रह गरेको छ । मुख्य व्यापारिक साझेदार चीनसंगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो ।
काठमाडौंको जमलस्थित भवनमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गबीच दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा छलफल भएको हो ।
राजदूत सोङ्गसंगको भेटवार्तामा अध्यक्ष मल्लले भने, चीन नेपालको मुख्य ब्यापारिक साझेदारी राष्ट्र हो, दुई देशको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर ब्यापार सहजीकरण गर्न आवश्यक छ, केरुङ सडक निर्माणका लागि पहल गर्न पनि आग्रह गर्दछु, । ’
चीनसंग ब्यापार खाडल उच्च रहेको भन्दै अध्यक्ष मल्लले नेपाली बस्तुको निर्यात वृद्धिका लागि पहल गर्न समेत आग्रह गरे । नेपालले चीनबाट वार्षिक २ खर्व २२ अर्व रुपैयाँ बराबरको आयात गर्दा निर्यात भने१ अर्व ७६ करोड रुपैयाँ हाराहारीमा गर्दै आएको छ ।
नेपालको जलविद्युत, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न अध्यक्ष मल्लले राजदूत सोङ्गसंग आग्रह गरे । दुई मुलुकबीच व्यापार एवं लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधी बढाउन समेत उनले आग्रह गरे ।
चेम्बर पदाधिकारीसंगको भेटवार्ताका क्रममा राजदूत सोङले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि राज्यको नीति स्थिर हुनुपर्ने र यसका लागि निजी क्षेत्रले पनि पहल गर्नुपर्ने उनको भनाई छ ।
नेपाल जलविद्युतमा आत्मनिर्भर हुने क्रममा रहेको भन्दै राजदूत सोङले विद्युतीय सवारी साधनहरुलाई उच्च प्राथमिकतामा राखेर इन्धनको आयातबाट हुने व्यापार घाटा कम गर्न सुझाव दिए । नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै उनले यसलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण