काठमाडौँबाट नक्कली रुपैयाँसहित दुई जना पक्राउ
मङ्गलबार, ०५ मङ्सिर २०८०, २० : ५४

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका-५ फार्पिङ बसपार्कबाट नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक कुभुण्डे गाउँपालिका-३ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-७ बस्ने ६८ वर्षीय गोकर्ण बहादुर थापा रहेका छन् । उनीहरूको साथबाट एक हजार दरका ३ लाख ४९ हजार नक्कली रुपैयाँ बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज ७२०१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
-
अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो
-
निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
-
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : कोइराला
-
पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक
-
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ