आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान
बुधबार, ०६ मङ्सिर २०८०, १३ : ४४
काठमाडौँ .। इन्सेकले मङ्सिर ७ गते अर्थात बिहीबार काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा आ–आफ्नो कार्यक्रम सम्पन्न गर्न आह्वान गरेको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बुधबार विज्ञप्ति जारी गर्दै कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गरेका हुन्।
‘विगत लामो समयदेखि इन्सेकले गर्दै आएको मानव अधिकार अनुगमन कार्यलाई भोलि हुने प्रदर्शनका सन्दर्भमा पनि हामी निरन्तरता दिँदैछौँ । इन्सेकले प्रदर्शनको निष्पक्ष अनुगमन तथा अभिलेख गरी साथै मङ्सिर ७ गते साँझ नै प्रारम्भिक प्रतिवेदन प्रकाशन गर्नेछ’–विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण