शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी पुगेपछि पेस्तोल र गोली फालेर फरार

मङ्गलबार, १२ मङ्सिर २०८०, १२ : ५४
मङ्गलबार, १२ मङ्सिर २०८०

मकवानपुर । राक्सिराङ गाउँपालिका-१ दुङ्गुखोलाबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सोमबार राति प्रहरीले बरामद गरेको छ । स्थानीय पसल अगाडि एक जना व्यक्तिले पेस्तोल देखाइरहेको सूचनाका आधारमा प्रहरी चौकी चैनपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त पेस्तोल र गोली बरामद गरेको हो । 

प्रहरी पुग्नासाथ उक्त पेस्तोल र गोली फालेर ती व्यक्ति फरार भएका थिए ।  फरार भएका  व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको  छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप