शर्माको नेतृत्वमा रुकुम (पश्चिम) मा तीन हजार स्वयंसेवक परिचालन
मङ्सिरभित्र त्रिपालका जनतालाई छानामुनि ल्याइने
बुधबार, १३ मङ्सिर २०८०, १४ : २४

काठमाडौँ । माओवादी केन्द्र रुकुम (पश्चिम) ले भूकम्प प्रभावित क्षेत्र आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पुनःनिर्माणका लागि उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा ३ हजार स्वयंसेवक परिचालन गरेको छ ।
स्वयंसेवकले पालमुनी रहेका जनतालाई मंसिर महिनाभित्र छाना मुनी ल्याउने मूल लक्ष्यका साथ स्वयम्सेवक परिचालन गरेको प्रभाकरको सचिवालयले जनाएको छ । उक्त स्वय सेवकले अस्थायी टहरा निर्माण गरी पीडित जनतालाई हस्तान्तरण गर्नेछ ।
कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दू भएर गएको विनासकारी भूकम्पबाट रुकुम (पश्चिम) मा ५२ जनाको ज्यान गएको थियो भने ९० प्रतिशत भौतिक संरचना ध्वस्त भएको थियो । भूकम्प प्रभावित क्षेत्रका जनताको उद्धार, राहत र पुनःर्निमाणका लागि प्रभाकर रुकुम (पश्चिम) मा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलभूषणलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण