शर्माको नेतृत्वमा रुकुम (पश्चिम) मा तीन हजार स्वयंसेवक परिचालन
मङ्सिरभित्र त्रिपालका जनतालाई छानामुनि ल्याइने
बुधबार, १३ मङ्सिर २०८०, १४ : २४
काठमाडौँ । माओवादी केन्द्र रुकुम (पश्चिम) ले भूकम्प प्रभावित क्षेत्र आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पुनःनिर्माणका लागि उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा ३ हजार स्वयंसेवक परिचालन गरेको छ ।
स्वयंसेवकले पालमुनी रहेका जनतालाई मंसिर महिनाभित्र छाना मुनी ल्याउने मूल लक्ष्यका साथ स्वयम्सेवक परिचालन गरेको प्रभाकरको सचिवालयले जनाएको छ । उक्त स्वय सेवकले अस्थायी टहरा निर्माण गरी पीडित जनतालाई हस्तान्तरण गर्नेछ ।
कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दू भएर गएको विनासकारी भूकम्पबाट रुकुम (पश्चिम) मा ५२ जनाको ज्यान गएको थियो भने ९० प्रतिशत भौतिक संरचना ध्वस्त भएको थियो । भूकम्प प्रभावित क्षेत्रका जनताको उद्धार, राहत र पुनःर्निमाणका लागि प्रभाकर रुकुम (पश्चिम) मा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण