धराप थापेर दुई वटा गैँडा मारेको आरोपमा ९ जना पक्राउ
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा धरापमा पारेर गैँडा मारेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ९ जनालाई पक्राउ गरेको छ । कार्तिक ३० मा दुई वटा खाल्डोमा १८ वर्ष र ६ वर्षका गैँडा खाग काटिएको अवस्था मृत भेटिएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चप्परचुली पोस्टबाट साढे ३ किलोमिटर दक्षिण पूर्वमा खाल्डोमा पारेर सङ्गठित गिरोहले धरापमा पारेर गैँडा मारेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका ४७ वर्षीय शमशेर थिङ, रोल्पा घर भएका २७ वर्षीय अर्जुन रोका, चितवनको राप्ती नगरपालिका–११ घर भएका ४३ वर्षीय आइते सिंह मोक्तान उर्फ पासाङ, मकवानपुरका ३३ वर्षीय रमेश खाती, ५८ वर्षीय सिताराम थिङ र धनबहादुर गुरुङ छन् ।
प्रहरीले नियन्त्रणमा लिएका भीम तामाङ र उनसिंह स्याङ्तान गैँडा सिकारी हुन् । घटनाबारे बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख दिल बहादुर पुर्जाले रातोपाटीलाई बताए ।
दुवै पोथी गैँडा खागविहीन अवस्थामा भेटिएपछि केन्द्रीय अनुसन्धान ब्युरो र चितवन राष्ट्रिय निकुञ्जले यसबारे अनुसन्धान गरेका थिए । घटनाको छानबिन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक वेद कुमार ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले त्यसबारे छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण