स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी नियुक्त
बिहीबार, १४ मङ्सिर २०८०, १८ : ०८
काठमाडौँ । सरकारले लामो समयदेखि रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ ।
यसअघि उनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ थिए भने गएको साल सेवा निवृत्त भएका थिए । यस्तै, उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुख भएर काम गरिसकेका छन् ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा.सिनेन्द्र उप्रेती बनेका थिए । उनले बोर्डले गर्दै आएको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।
यस्तै, सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा सुबोध कुमार शर्मालाई नियुक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण