ब्राउन सुगरसहित सिराहाबाट दुई जना पक्राउ
शुक्रबार, १५ मङ्सिर २०८०, १० : ११
जनकपुरधाम । सिराहाबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले बुधवार राति करिब ९ बजेको समयमा ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ लोकतन्त्र चोकबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय सञ्जय चौधरी र २० वर्षीय अभिशेष चौधरी रहेको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।
शङ्का लागेर चेकजाँच गर्दा दुबैजनाको साथबाट ब्राउन सुगर र डिजिटल तराजुसहित इलाका प्रहरी लहानको टोलीले नियन्त्रणमा लिएको थियो ।
दुबैजनामाथि सिराहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई इलाका प्रहरी लहानको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण