प्रधानमन्त्री कार्यालयमा अपाङ्गता अधिकार प्रवर्द्धन समिति गठन गर्न माग
काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सरकारले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि बनेका ऐन, कानुन, नीतिलाई कार्यान्वयन गर्न संघीय स्तरमा प्रधानमन्त्री कार्यालयमा अपाङ्गता अधिकार प्रवर्द्धन समिति गठन गर्नुपर्ने माग गरेको छ ।
शुक्रबार काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले सो समितिको संरचना संघ, प्रदेश र स्थानीय तहसम्म पु¥याउनुपर्ने मागसमेत गरे । उनले नेपालका सबै समावेशी विकासका गतिविधिमा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई समावेश गर्नुपर्ने बताए ।
उनले हालसम्म नेपालमा भौतिक विकास, मानवअधिकार, सुशासन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आफ्ना नीति, कार्यक्रम र बजेटमा अपाङ्गताको सवाललाई मानव अधिकार र विकासको दृष्टिकोणबाट समेट्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले अन्तर्राष्ट्रिय प्रतिवद्धता तथा मानव अधिकारका दस्ताबेजलाई अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार पूर्णरुपमा आत्मसाथ गरी आफ्ना नीति र कार्यक्रममा अपाङ्गताको सवाललाई समावेश गर्नुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जालकी कार्यक्रम संयोजक रेष्मा श्रेष्ठले अपाङ्गमैत्री सार्वजनिक शौचालय बनाउन आवश्यक रहेको बताइन् ।
उनले दिगो विकास लक्ष्यमा अपाङ्गता भएका व्यक्तिहरुको आवाज पु¥याउन सबैले पहलकदमी लिनुपर्ने बताइन् । अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बर २०२३ का दिन विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण