महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ
काठमाडौँ । पश्चिम नेपालका सुर्खेत, दैलेखलगायतका पहाडी जिल्लाबाट महिला तथा बालिकालाई भारत लगी बिक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा लगी बेचबिखन गरेको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बाँकेको बैजनाथ गाउँपालिका–८ घर भएकी ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ललाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले आज सार्वजनिक गरेको छ । अनुसन्धानका क्रममा उनले भारतमा घरको सरसफाइमा राम्रो कमाइ हुने प्रलोभन देखाई महिलालाई नेपालबाट लैजाने गरेको र यसरी लैजाँदा ग्रामीण इलाकाका आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका, एकल महिलालाई लक्षित गर्ने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।
उनले ती महिलाले भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक नाबालिकासहित दुई युवतीलाई बेचबिखन गरेको खुल्न आएको बताए । उनीहरुलाई भने यसअघि नै प्रहरीले उद्धार गरेर नेपाल ल्याइसकेको छ । मल्लकै संलग्नतामा पीडितलाई भारतको दिल्लीबाट अन्यत्र स्थानमा यौन गतिविधिका लागि पठाउने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।
पीडित भागेर हिँड्दासमेत पुनःपिछा गरी समातेर सोही गतिविधिमा लगाउने गरेको पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण