स्रोत नखुलेको आठ लाख रकमसहित एक जना पक्राउ
सिराहा । सिराहा सशस्त्र प्रहरीले सिराहाको बडियारपट्टीबाट स्रोत नखुलेको आठ लाख रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ साइकलमा पैसा बोकेर आउँदै गरेको अवस्थामा बरियारपट्टी गाउँपालिका ३ महरा टोलबाट स्रोत नखुलेको आठ लाख रकम सहित बडियारपट्टी २ श्रीपुरका ४२ वर्षीय मोहम्मद फिरोजलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल चेक प्वाईन्टले शंका लागि चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गण सिराहाका प्रमुख एसपी शिव प्रसाद गैरेले जानकारी दिए ।
रुपैयाँसहित नियन्त्रणमा व्यक्तिलार्ई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय माडरमा सिराहामा बुझाइएको जनाएको छ ।
भारतीय बजारहरूमा नेपाली ग्राहकले सामान किनबेच गरेर जम्मा भएको रकम नेपाल ल्याएको हुनसक्ने जानकारहरू बताउँछन् । भारतीय बजारमा नेपाली ग्राहकले सामान किन्दा दिएको रकम नेपाली व्यवसायीको नाममा नेपाली बैंकमा खाता खोली भारतीय व्यवसायीले भारतमै एटीएम मार्फत रकम निकाल्ने गरेको व्यवसायीहरू नै बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण