दुई स्काभेटरसहित चिनियाँ नागरिक पक्राउ, वन कार्यालयले अनुसन्धान गर्दै
सिरहा । डिभिजन वन कार्यालय सिरहा, लहानले चाइना रेल्वे कम्पनीमा कार्यरत चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
महेन्द्र राजमार्ग विस्तारका लागि चाहिने बालुवा, गिटी उत्खनन गर्ने क्रममा वन कार्यालयले उनलाई पक्राउ गरी अनुसन्धान थालिएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका लहानका प्रमुख सुजितकुमार झाका अनुसार चिनियाँ कम्पनीले मापदण्ड विपरीत लहान नगरपालिकाको वडा नम्बर १५ स्थित खुट्टी खोलामा गिटी बालुवा उत्खनन गरिरहेको दुई वटा स्काभेटर र चालकलाई वन कार्यालयबाट खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।
दुई जना चालक पक्राउ परेपछि फिल्ड इन्चार्ज छ्याङ फरार थिए । उनलाई वन कार्यालयका वन रक्षकले मङ्सिर १५ गते लहानबाट पक्राउ गरेको थियो । उनलाई अहिले वन कार्यालयको हिरासतमा राखिएको प्रमुख झाले बताए ।
उक्त घटना अनुसन्धानका लागि अनुसन्धान अधिकारी तोकिएको छ । अनुसन्धानपछि आउने परिणामका आधारमा मुद्दामा जाने कि नजाने भन्ने निर्णय लिने झाले बताए ।
लहान नगरपालिकाले वातावरण अध्ययन बिना नै चिनियाँ कम्पनीलाई उत्खनन गर्न ठेक्का दिएको थियो । प्रमुख झाले नगरपालिकाले गरेको सम्झौता अनुसार प्रतिदिन २०१ घनमिटर बालुवा, गिटीमात्र उत्खनन गर्नुपर्नेमा चिनियाँ कम्पनीले डेढ घण्टामा ३९० घनमिटर गिटी, बालुवा उत्खनन गरेको बताए ।
वन नियमावली अनुसार गिटी, बालुवा उत्खनन गर्दा प्रतिघनमिटर ९ रुपैयाँ राजस्व बुझाउनुपर्छ तर नगरपालिकाले प्रति घनमिटर ६ रुपैयाँमा सम्झौता गरेको छ ।
त्यसैगरी, सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा सोही कम्पनीले उत्खनन गरिरहँदा त्यहाँ पनि चालकसहित गाडी नियन्त्रणमा लिइएको छ ।
धनगढीमाई नगरपालिकाको वन क्षेत्रमा पर्ने सर्रे खोलामा अवैध रुपमा जेसीबी प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा र ट्याक्टर चालक धनगढीमाइका राम कुमार यादव, अरविन्द कुमार यादव, रमन किशोर यादव, पुरुषोत्तम यादव, ईन्द्रजित महतो, बरियारपट्टी गाउँपालिका वडा नम्बर २ का संदिप कुमार महतो र नरहा गाउँपालिकाका फूल कुमार यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण