पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
सोमबार, १८ मङ्सिर २०८०, १६ : २८
काठमाडौँ । वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएर हाल काठमाडौँ बस्ने ४३ वर्षीय सुस्माकुमारी खड्का रहेकी छन् ।
खड्काले राजु शाहीलाई पोर्चुगलको होटलमा वेटरमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारेकी थिइन् । पीडित शाहीसँग पटक–पटक गरी ७ लाख ५० हजार रुपैयाँ लिएर उनी सम्पर्कविहीन बनेकी थिइन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खड्कालाई मंगलबार बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण