पशुपन्छी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
सोमबार, १८ मङ्सिर २०८०, १९ : ०९
काठमाडौँ । प्रहरीले झापाबाट पशुपन्छी सम्बन्धी कसुरमा संलग्न १ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ घर भएका ३० वर्षीय बिरु भन्ने बिर बहादुर दनुवार छन् ।
अभियुक्तलाई सोमबार जिप्रका झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले पक्राउ गरेको झापाका डिएसपी ढुण्डिराज गिरीले रातोपाटीलाई बताए । बिर बहादुर दनुवारलाई झापा जिल्ला अदालतले २०७९ चैत २९ मा १ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
पक्राउपछि अभियुक्तलाई जिल्ला अदालत झापाको आदेशले कारागार चलान गरिएको डिएसपी गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण