लेखनाथमा पुस ५ देखि महोत्सव, ९ करोडको कारोबार हुने अनुमान
पोखरा । पोखरा महानगरपालिकाको लेखनाथमा पुस ५ गतेदेखि महोत्सव हुँदै छ । १६ गतेसम्म चल्ने १९ औं संस्करणको महोत्सवको आयोजना लेखनाथ उद्योग वाणिज्य संघले गरेको हो ।
२०५८ सालमा सुन्तला प्रदर्शनी गरेर सुरु भएको महोत्सव अहिले वृहत भैसकेको छ । २०६१ सालदेखि लेखनाथ महोत्सवको रुपमा मनाउन थालिएको संघ अध्यक्ष विनोद श्रेष्ठले बताए ।
विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनको भनाई छ । लेखनाथ र आसपासमा उत्पादित वस्तुहरुको बजारीकरण, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रदर्शनी एवं बिक्रीमा संघले जोड दिएको श्रेष्ठको भनाइ छ ।
महोत्सवमा ३ सय ३५ वटा स्टल रहनेछन् भने २ लाख ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य छ । मेला अवधिभर ९ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । यसबाट ९० लाख रुपैयाँ आम्दानी गरेर १० लाख बचाउने महासचिव जानुका पराजुलीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण