सुन, चाँदी र स्रोत नखुलेको रकमसहित काभ्रेबाट भारतीय नागरिक पक्राउ
काठमाडौँ । अवैध सुन र चाँदीसहित एक भारतीय नागरिकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र स्थायी घर भएका ३९ वर्षीय सचिन बिभूते रहेका छन् ।
उनको साथबाट स्रोत नखुलेको रकमसहित विभिन्न सामान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सोमबार साँझ बनेपा नगरपालिका वडा नम्बर ७ स्थित सुर्य शाक्यको घरमा डेरा गरी बस्ने उनले अवैध रूपमा ठुलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी पुगेको थियो ।
जसअनुसार खानतलासीका क्रममा बिल नभएको सुन २३५.९ ग्राम सुन, १९०१.२६ ग्राम चाँदी, स्रोत नखुलेको पाँच लाख छयत्तर हजार एक सय पैँतिस रुपैयाँ र भारतीय नगद २२ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उल्लेखित सामान तथा उक्त कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण