अवैध लागू औषध ब्राउन सुगरसहित बर्दियाबाट ४ जना पक्राउ
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–७ बाट १ जना र सोही गाउँपालिका–२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागू औषध ब्राउन सुगर २४ ग्राम ९० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका–७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–१५ बस्ने २४ वर्षीय नीरज कुमार थारु रहेका छन् । भे ३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी बढैयाताल गाउँपालिका–२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका–१ ठुलो डाँफे बस्ने २२ वर्षीय रवि रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २–०३–०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण