डेढ किलो गाँजासहित २ जना पक्राउ
बुधबार, २० मङ्सिर २०८०, १२ : ५८
कास्की । पोखरा महानगरपालिका–१४ नयाँ पुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले नयाँ पुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त साइकल र पूर्ण तामाङको कोठाबाट उक्त गाँजा गरी दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
साइकल चोरी र लागु औषध ओसारपसारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण