सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ समिति बैठक

नेपालमा मूल्यवृद्धि अझै उच्च : नेपाल राष्ट्र बैंक

बुधबार, २० मङ्सिर २०८०, १३ : २४
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशमा मूल्यवृद्धि अझै उच्च रहेको जनाएको छ । २०८० असोजको मूल्यवृद्धि ७५ प्रतिशत रहेको छ जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले कम भएको राष्ट्र बैंकले जनाएको हो । तर मौद्रिक नीतिले लिएको ६.५ प्रतिशतको लक्ष्यभन्दा केही बढी हो । 

प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा खासगरी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको बताइएको छ ।

२०८० असोजमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८ प्रतिशत रहेको छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा राष्ट्र बैंकले लिएको छ ।

rastra-bank1rastra-bank2rastra-bank3rastra-bank4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप