अर्थ समिति बैठक
नेपालमा मूल्यवृद्धि अझै उच्च : नेपाल राष्ट्र बैंक
बुधबार, २० मङ्सिर २०८०, १३ : २४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशमा मूल्यवृद्धि अझै उच्च रहेको जनाएको छ । २०८० असोजको मूल्यवृद्धि ७५ प्रतिशत रहेको छ जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले कम भएको राष्ट्र बैंकले जनाएको हो । तर मौद्रिक नीतिले लिएको ६.५ प्रतिशतको लक्ष्यभन्दा केही बढी हो ।
प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा खासगरी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको बताइएको छ ।
२०८० असोजमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८ प्रतिशत रहेको छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा राष्ट्र बैंकले लिएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण