पोखराबाट लागूऔषधसहित ४ जना पक्राउ
बुधबार, २० मङ्सिर २०८०, २० : ३१
पोखारा । पोखराबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । कास्की प्रहरीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका १४ नयाँपुलबाट २ जना र पोखरा महानगर ४ कोइरालामार्गबाट दुईजनालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङ घर भई पोखरा ९ बस्ने १९ वर्षीय आशिष थापामगर, २० वर्षीय पूर्ण तामाङ, कोइरालामार्ग बस्ने ३५ वर्षीय बिरु परियार र पर्वतको जलजला गाउँपालिका ९ का २६ वर्षीय विनोद पुन छन् । आशिष र पूर्णको साथबाट १ किलो ५ सय ग्राम लागूऔषध बरामद भएको छ ।
बिरू र विनोदको साथबाट १ किलो ४ सय ८० ग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । चारैजनालाई १५ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण