अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख रुपैयाँ ठगी
बिहीबार, २१ मङ्सिर २०८०, १६ : १३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भई हाल काठमाडौँ बस्ने २८ वर्षीय रमेश न्यौपाने रहेका छन् ।
न्यौपानेले गणेश अधिकारीसमेत ५ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु, होटलमा काम लगाइदिन्छु भन्दै ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।
सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार न्यौपानेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण