अनलाइन व्यापारको बहानामा ठगी गर्ने युवक पक्राउ
बिहीबार, २१ मङ्सिर २०८०, १६ : ४०
काठमाडौँ । अनलाइन व्यापारको बहानामा ठगी गर्ने कार्यमा संलग्न एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएका २५ वर्षीय रमेश श्रेष्ठ रहेका छन् ।
उनले फेसबुक, टिकटक, इन्स्ट्राग्रामको मार्केट प्लेसमा अनलाइन खाता खोली आईफोन १२ प्रो, आइफोन १३ प्रो जस्ता मोबाइलहरू बिक्रीमा राखेर विभिन्न बहानामा ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । सो उजुरीमो आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।
उनले विभिन्न व्यक्तिबाट ८ लाख ४ हजार ९८५ रुपैयाँ ठगी गरेको पाइएको भन्दै रेग्मीले अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण