लहानबाट ठुलो परिमाणमा ब्राउन सुगर सहित एक जना पक्राउ
सिराहा । सिराहा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागू पदार्थ ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लहानको माखनभोग होटेलबाट सिराहाकै वडियारपट्टी गाउँपालिका १ बडहरीका ४६ वर्षिय ग्रिस प्रसाद यादवलाई ४९ ग्राम नौ सय मिलिग्रामब्राउन सुगर सहितपक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।
विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा बसिरहेको अवस्थामा यादवमाथि शङ्का लागि चेक जाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटको खल्तीबाट प्लास्टिकमा पोको पारी राखिएको प्लास्टिक सहित ५१ ग्राम नौ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणका लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।
प्रहरीले उनले प्रयोग गरेको स ७ प ५९७ नम्बरको मोटर साइकलसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण