ठगी मुद्दामा लेकसाइडका वडा सदस्य सहित ४ जना पक्राउ
पोखरा । ठगी गरेको आरोपमा पोखरा वडा नम्बर ६ का सदस्य सहित ४ जना पक्राउ परेका छन् । लेकसाइडको फुटट्रयाकमा फोटोग्राफी गरे बापत व्यवसायीहरूसँग धम्क्याएर प्रतिव्यक्ति १३ हजार ५ सयका दरले लिएको आरोप उनीहरूलाई छ ।
पक्राउ पर्नेमा वडा सदस्य ४२ वर्षका दीपेन्द्र पहारी, पोखराको लेकसाइड बस्ने २४ वर्षका अभिषेक परियार, २२ वर्षका प्रवीन विश्वकर्मा र ४१ वर्षका विकास पहारी छन् । उनीहरुले फुट ट्र्याकमा फोटो खिच्नेहरू १५ जनासँग १३ हजार ५ सयका दरले उठाएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । व्यवसायीहरूले नै उनीहरू विरुद्ध जाहेरी दिएका प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
अहिले लेकसाइडमा फोटो भिडियो खिचेर दैनिकी चलाउनेहरू दर्जनौँ छन् । उनीहरुले व्यवसाय दर्ताका लागि वडामा जाँदा व्यवसाय दर्ता नगरी उल्टै वडा सदस्यले ठगी गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण