भारतीय नागरिकले पठाएका थिए साढे ६ किलो सुन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित इजिप्टका सरिफ महम्मद महम्मद लासिन पक्राउ परे । दुबईबाट काठमाडौँ ओर्लिएका उनी शनिवार राति पौने १ बजेतिर पक्राउ परेका हुन् ।
भन्सार एरिया पार गरिसकेको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए । लासिनले आफूलाई दुबईबाट भारतीय नागरिकले सो सुन पठाएको बयान दिएका छन् । प्रारम्भिक सोधपुछको क्रममा उनले सो कुरा बताएका हुन् । तर, काठमाडौँमा रिसिभ गर्ने व्यक्तिबारे चाहिँ लासिमले खुलाएका छैनन् । उनिबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।
फ्लाई दुबईको उडान एफजेड–५७३ नम्बरको उडान मार्फत उनी काठमाडौँ ओर्लिएका हुन् । त्यही विमानबाट आएका गोरखाका चन्द्रबहादुर घले बिहीबार राति १४ किलो सुनसहित पक्राउ परेका थिए ।
सरिफ मोहम्मद लासिनसँगै आएका अरू दुई जना सुडानी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुडानीलाई शङ्काको आधारमा पक्राउ गरिएको डिआइजी चन्दले बताए । सुडानी नागरिकले सुनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण