पोखराका नगर प्रहरीमाथि हातपात, व्यवसायी पक्राउ
आइतबार, २४ मङ्सिर २०८०, २० : ४३
पोखरा । पोखरा महानगरपालिकाका नगर प्रहरीमाथि हातपात भएको छ । ड्युटीमा रहेका बेला फुटपाथको सामान हटाउन लाग्दा शनिबार साँझ नगर प्रहरीमाथि हातपात भएको हो ।
हातपात गरेको आरोपमा महेन्द्रपुलस्थित रेनुका स्टोरका सञ्चालक गोविन्द प्रसाद घिमिरे पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पक्राउ गरी ७ दिनको म्याद थपेर अनुसन्धान थालेको छ ।
फुटपाथमा सामान राखेर व्यापार गर्दै आएका घिमिरेलाई पटक पटक त्यसो नगर्न आग्रह गर्दा समेत अटेर गरेपछि नगर प्रहरीले सामान हटाउन लागेको थियो ।
आफ्नो सामान हटाएपछि आक्रोशित बनेका घिमिरे प्रहरीमाथि जाइलागेको जनाइएको छ । उनमाथि दुर्व्यवहार मुद्दामा अनुसन्धान थालिएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण