जग्गाको हक महिलाको नाममा हुनुपर्छ : उपसभामुख राना
पाटन । उपसभामुख इन्दिरा रानामगरले जग्गाको हक महिलाको नाममा हुनुपर्ने बताएकी छन् । सामाजिक न्याय र समानताका लागि नेपाल महिला एकता समाजद्वारा आज शङ्खमूलमा आयोजित १५औँ राष्ट्रिय महिला सम्मेलनमा उनले जग्गाको लालपुर्जासँग बत्ती, पानीलगायत नागरिकका अत्यावश्यकीय सेवासुविधा जोडिएको र लालपुर्जा नहुँदा नागरिक अधिकारबाट वञ्चित हुँदा महिलाहरु बढी पीडित हुनुपरेको धारणा राखिन् ।
“जग्गाको लालपुर्जासँग बत्ती, पानीको सेवासुविधा जोडिएको छ । यसले नागरिकहरू अधिकारबाट वञ्चित भए, यो समस्याले देशकै लागि पनि हानि भएको छ । हदबन्दी बढी जग्गा हडप्नेहरूबाट लिएर भूमिहीनलाई दिनुपर्छ । जग्गाको खनजोत गर्नेमा महिलाहरू प्रत्यक्ष रुपमा संलग्न हुन्छन् । जो संलग्न हुन्छ, त्यसैको नाममा जग्गाको लालपुर्जा नहुँदासम्म समस्या रहन्छ”, उपसभामुख रानामगरले भनिन् ।
नेपाल महिला एकता समाजका अध्यक्ष बिना बुद्धाचार्यले संविधानप्रदत्त नागरिकको मौलिक हक सुनिश्चित गरी आवश्यक व्यवस्थापनका लागि राज्यको ध्यानाकर्षण गराउन उपसभामुख रानामगरलाई ज्ञापनपत्र प्रदान गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण