ग्राहकबाट बढी बिल उठाएको आरोपमा दुई जना पक्राउ
पोखरा । ग्राहकबाट बढी बिल उठाएको आरोपमा दुई जना पक्राउ परेका छन् । ग्राहकलाई मादक पदार्थ सेवन गर्न लगाई बढी बिल उठाएका आरोपमा पोखराका दुई डान्सबारका दुई जना पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा पोखरा ६ लेकसाईडस्थित दुईवटा छुट्टाछुट्टै डान्सबारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बढी बिल उठाउने मनसायले मादक पदार्थ सेवन गर्न लगाउने प्रबन्धक र कर्मचारी पक्राउ परेका बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा ड्रागन डान्स बारका म्यानेजर पोखरा १७ बिरौटा बस्ने २५ वर्षीय सागर गुरुङ र सेभेन स्टार डान्स बारका कर्मचारी २० वर्षीय प्रबिण खड्का रहेका छन् । उनीहरु दुवै जनालाई अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण