तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
बिहीबार, २८ मङ्सिर २०८०, १६ : ५५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बीच श्रीलंका, पानामा र बेल्जियमका राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो भने नवनियुक्त राजदूतहरुलाई काठमाडौँस्थित होटल रेडिसनदेखि शीतलनिवाससम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।
नियुक्त भएकामध्ये श्रीलंकाका आवासीय राजदूत हुन् भने अन्य दुई देशका गैरआवासीय राजदूत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
-
७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए
-
गौशालाबाट हुण्डीको ९५ लाख बरामद
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार