तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
बिहीबार, २८ मङ्सिर २०८०, १६ : ५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बीच श्रीलंका, पानामा र बेल्जियमका राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो भने नवनियुक्त राजदूतहरुलाई काठमाडौँस्थित होटल रेडिसनदेखि शीतलनिवाससम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।
नियुक्त भएकामध्ये श्रीलंकाका आवासीय राजदूत हुन् भने अन्य दुई देशका गैरआवासीय राजदूत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण