काठमाडौँबाट ५ वटा चोरीको गाडी बरामद, दुईजना पक्राउ
काठमाडौँ । काठमाडौँबाट प्रहरीले ५ वटा चोरीको गाडी बरामद गरेको छ । सो गाडी भारतबाट चोरेर ल्याउने र नक्कली ब्लुबुक बनाएर बेच्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा काभ्रे घर भएका ४२ वर्षीय दिलबहादुर घिसिङ उर्फ डीबी र सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय आइतसिंह तामाङ छन् । दिलबहादुर कालीमाटीबाट र आइतसिंह कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित ब्रम्हखेलबाट पक्राउ परेका हुन् । आरोपीहरूले बनाएको ५ थान नक्कली ब्लुबुक र चोरीको ५ वटा गाडी बरामद गरिएको एसएसपी राठौरले जानकारी दिए ।
प्रहरीले बा.२१ च १४६७, बागमती प्रदेश ०१–०२५ च २७५९, बागमती प्रदेश–०१–०२८ च ६३१३, बागमती प्रदेश–०१–०२३ च २६५७ र बागमती प्रदेश–०१–०२६ नम्बरको कार बरामद गरेको छ ।
आरोपीहरूलाई लिखत किर्ते सम्बन्धी कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको एसएसपी राठौरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण