आगामी आईपीएलमा एउटै ओभरमा दुई बाउन्सर

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बलरहरूले एउटै ओभरमा दुईवटा बाउन्सर फाल्न पाउने भएका छन् । आईपीएलमा ब्याटिङ र बलिङबिचको तादात्म्य मिलाउँदै खेललाई अझ रोमाञ्चक बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको बताइएको छ ।
भारतको टी–२० घरेलु क्रिकेटमा यसअघि नै यसको सफल परीक्षण गरिसकिएको छ । सन् २०२३–२४ संस्करणको सैयद मुस्ताक अली ट्रफीका क्रममा पनि बलरलाई एउटै ओभरमा दुईवटा बाउन्सर फाल्ने अनुमति दिइएको थियो ।
यजदेब उनादकटले उक्त निर्णयको स्वागत गरेका छन् । यसपटक पनि आईपीएलको अक्सनमा सहभागी भएका उनादकटले बलरलाई एउटै ओभरमा दुईवटा बाउन्सर फाल्ने अनुमति दिँदा खेल रोमाञ्चक बन्ने धारणा व्यक्त गरेका छन् ।
‘पछिल्लो समय टी–२० क्रिकेटमा ब्याट्सम्यान आक्रामक बन्ने गरेको पाइन्छ । त्यसैले रन पनि धेरै बन्ने गरेको छ । यदि बलरलाई एउटै ओभरमा दुईवटा बाउन्सर फाल्ने अनुमति दिइयो भने यसले खेललाई सन्तुलनमा राख्छ र थप रोमाञ्चक पनि बनाउँछ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’