चिसोसँगै रुघाखोकी, दम र झाडापखालाका बिरामी बढे
काठमाडौँ । देशभर चिसो बढेसँगै रुघाखोकी, दाम, झाडापखाला, निमोनिया, एलर्जीलगायतका बिरामीको चाप बढेको छ । मौसम परिवर्तनसँगै बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका बिरामीलाई रुघाखोकी, दाम, निमोनिया, एलर्जीलगायत स्वास्थ्य समस्या बढी देखिएको हो ।
मधेस प्रदेश अन्तर्गत धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका प्रवक्ता डा. कृष्णदेव दासले मौसम परिवर्तनसँगै ३ देखि ५ प्रतिशतका दरले रुघाखोकी, दाम, निमोनिया, एलर्जीलगायतका बिरामीको सङ्ख्या बढेको बताए । ‘मौसम परिवर्तनसँगै थोरै मात्रमा बिरामीको चाप बढ्न थालेको छ,’ उनले भने, ‘आजभोलि करिब ३ देखि ५ प्रतिशत चिसोका बिरामीको सङ्ख्या बढेको छ ।’
यस्तै कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा पनि मौसमी बिरामीको सङ्ख्या बढ्न थालेको छ । सुदूरपश्चिम प्रादेशिक सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय महाकाली प्रादेशिक अस्पतालका कार्यालय प्रमुख डा. अर्जुन भट्टले बताए । ‘चिसोका कारणले दामको बिरामी, बच्चालाई रुघाखोकी, एलर्जी, पखालालगायत बिरामीको चाप बढेको छ,’ उनले भने, ‘दैनिक रूपमा ओपीडीमा आउने बिरामीको पहिलाको तुलनामा केही बढेको छ ।’
यस्तै गण्डकी प्रदेशअन्तर्गत पर्ने धौलागिरि अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत शान्ति भण्डारीले अन्य समयको तुलनामा बिरामीको चाप घटे पनि मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको बताइन् । ‘पहिला दैनिक ३ देखि ५ सय बिरामी उपचारका लाागि आउँथे,’ उनले भनिन्, ‘हाल दैनिक ३ देखि ४ सयको हाराहारीमा उपचारका लागि बिरामी आउने गरेका छन्, त्यसमध्येका अधिकांश बिरामी मौसमी रुघाखोकी, दाम, निमोनियालगायतका छन् ।’
काठमाडौँ उपत्यकामा चिसोबाट हुने बिरामीको केही मात्रमा सङ्ख्या बढ्न थालेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले समेत उल्लेख गरेको छ ।
चिसोबाट जोगिन विज्ञको सुझाव
चिसोको समयमा विशेषतः बालबालिका र वृद्धवृद्धा बिरामी हुने गर्छन् । देशभर चिसो बढेसँगै सोबाट जोगिन विज्ञहरूले सुझाएका छन् । प्रायः सबै उमेरकालाई रुघाखोकीको समस्या हुने भए पनि बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी बढी प्रभावित हुने चिकित्सकले बताएका छन् । चिसो मौसममा कम इम्युनिटी भएका व्यक्ति बढी प्रभावित हुने भएकाले चिसोबाट जोगिनु नै उत्तम हुने डा. देव दासले सुझाए ।
रुघाखोकीको मुख्य कारण भाइरल सङ्क्रमणका कारणले हुने भएकाले चिसो समयमा शरीरलाई न्यानो राख्दा सङ्क्रमणबाट बच्न सकिने वरिष्ठ नर्सिङ अधिकृत शान्ति भण्डारीले बताइन् । चिसोको समयमा भाइरल फ्लु लागेका मानिसबाट टाढा रहने, जाडोमा झोलिलो र तातो खानेकुरा खानेलगायत भण्डारीको सुझाव छ ।
उनका अनुसार चिसो समयमा निमोनिया भएका व्यक्ति, बालबालिका र वृद्धवृद्धाहरूलाई बढी मात्रामा ध्यान दिनुपर्ने हुन्छ ।
यस्तै कोठामा हिटर र कोइला बालेर सुत्नले निसासिएर स्वास्थ्य समस्या हुनुका साथै अप्रिय घटना हुन सक्ने भएकाले त्यसो नगर्नसमेत भण्डारीले आग्रह गरिन् । हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्रै हिटर र कोइला जलाउन तथा कपडा कागज जस्ता छिटो जल्ने सामग्री नजिकै नराख्नसमेत उनले उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण