लुकासको गोलले पहिलो स्थानमा उक्लियो रियल म्याड्रिड
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको आफ्नो पछिल्लो खेलमा रियल म्याड्रिडले रोमाञ्चक जित हासिल गरेको छ । रियल म्याड्रिडले बिहीबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा आल्भेसलाई १—० गोलले पराजित गरेको हो ।
जितसँगै रियल म्याड्रिड अङ्क तालिकाको पहिलो स्थानमा फर्किएको छ । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा रियलका लागि लुकास भासक्वेजले निर्णायक गोल गरेका थिए । दोस्रो हाफको अधिकांश समय रियल म्याड्रिडले केवल १० खेलाडीमा सँघर्ष गरेको थियो ।
निर्धारित समयको ५४औँ मिनेटमा रियल म्याड्रिडका नाचो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । जिरोना र रियल बेटिसबिचको खेल १-१ गोलको बराबरीमा सकिएकाले रियल म्याड्रिड अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको हो ।
हालसम्म १८ खेल खेलेको रियल म्याड्रिडको ४५ अङ्क छ । समान खेलबाट समान अङ्क बटुलेको जिरोना दोस्रो स्थानमा झरेको छ । जिरोना गोलअन्तरमा रियल म्याड्रिडसँग पछि परेको हो । आल्भेस भने १८ खेलबाट १६ अङ्क बटुल्दै तालिकाको १६औँ स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण