३५ अर्ब तरलता तान्दै केन्द्रीय बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट उक्त तरलता उठाउने भएको हो ।
पुस १ गते यता केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ तरलता उठाइसकेको छ । थप बुधबार उठाउने ३५ अर्बसहित यो महिना १ खर्ब ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्नेछ ।
केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार निक्षेप सङ्कलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ १४ दिनका लागि उठाउन लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले पुस ११ गते अपराह्न १२ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिन सक्नेछन् । उक्त निक्षेप सङ्कलन बोलकबोल पश्चात् सोही दिन खरिद गरिने समेत बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी यहीँ पुस २५ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण