बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

३५ अर्ब तरलता तान्दै केन्द्रीय बैंक

सोमबार, ०९ पुस २०८०, १० : ३८
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट उक्त तरलता उठाउने भएको हो ।

पुस १ गते यता केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ तरलता उठाइसकेको छ । थप बुधबार उठाउने ३५ अर्बसहित यो महिना १ खर्ब ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्नेछ । 

केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार निक्षेप सङ्कलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ १४ दिनका लागि उठाउन लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले पुस ११ गते अपराह्न १२ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिन सक्नेछन् । उक्त निक्षेप सङ्कलन बोलकबोल पश्चात् सोही दिन खरिद गरिने समेत बैंकले जनाएको छ । 

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी यहीँ पुस २५ गते हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप