‘गुलाफ’ पहिले मण्डलामा, त्यसपछि युरोपमा
काठमाडौँ । नाटक ‘गुलाफ: यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु भएर युरोपसम्म पुग्ने छ । पुस ११ गते मण्डला नाटकघर थापागाउँमा वल्र्ड प्रिमियरसँग मञ्चन सुरु हुने नाटक त्यसपछि युरोपका सहरहरूमा मञ्चन हुनेछ ।
विगत २० वर्षभन्दा बढी समयदेखि रंगकर्ममा सक्रिय रामहरि ढकालको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको हो । नाटकमा संवाद छैन । तर दृश्यहरूले कथा बोल्नेछ ।
सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरूको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको छ ।
त्यस चरम पीडा र बिछोडको कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावनाहरू, विकारहरू र त्यसले पारेको प्रभाव र परिवर्तनहरू नै यो नाट्य प्रस्तुतिको मूल विषय हो । यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभङ्गीमार्फत उजागर गर्ने कोसिस नाटकमा छ ।
नाटकको कलाकारका दिया मास्के, सरिता साह हुन् । देव न्यौपानेको ध्वनि संयोजन, उमेश तामाङको प्रकाश संयोजन, सञ्चिता पराजुलीको भेसभुसा, हुम बि.सी.को मञ्च निर्माण, अनामिका गौतमको आवरण कला र केदार श्रेष्ठको मञ्च व्यवस्थापन रहेको छ ।
‘गुलाफ’ पुस ११ देखि २२ सम्म हरेक दिन ४ बजे र शनिबार थप मञ्चन दिउँसो १ बजे हुनेछ । ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको नाटकलाई आर्ट एन्ड कल्चर नर्वे, नोर्दिक कल्चर फन्ड, फुक नोले सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण