साढे १ प्रतिशतको सस्तो ब्याजदरमा राष्ट्र बैंकले १ खर्ब २७ अर्ब तरलता उठायो
काठमाडौँ । बजारमा अधिक तरलता हुँदा सस्तो ब्याजदरमा नै केन्द्रीय बैंकले १ खर्ब बढी निक्षेप उठाएको छ । मङ्सिर महिनामा औसत १.५३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकले कूल १ खर्ब २७ अर्ब २५ करोड रुपैयाँ निक्षेप उठाएको हो ।
निक्षेप सङ्कलन उपकरणका माध्यममार्फत केन्द्रीय बैंकले ७ दिने र १४ दिने गरी कूल १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप आह्वान गरेको थियो । जसमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब २७ अर्ब २५ करोड रुपैयाँ बराबरको मात्र निक्षेप सङ्कलन बोलपत्र खरिद गरेका हुन् ।
यस्तो निक्षेप केन्द्रीय बैंकले न्यूनतम ०.७०४८ प्रतिशतदेखि अधिकतम २.९९५७ प्रतिशतसम्मको ब्याजदरमा बजारबाट उठाएको हो । जबकि बैंक तथा वित्तीय संस्थाहरूको औसत निक्षेपको ब्याजदर ५ प्रतिशत हाराहारी रहेको छ भने अन्तर बैंक ब्याजदर २.६६ प्रतिशत हाराहारी रहेको छ ।
मङ्सिर महिनामा बैंकले ७ दिने निक्षेप सङ्कलन उपकरणमार्फत ७५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो भने १३ दिने निक्षेप सङ्कलनमार्फत २५ अर्ब रुपैयाँ र १४ दिने निक्षेप सङ्कलन उपकरणमार्फत २७ अर्ब २५ करोड रुपैयाँ तरलता उठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण