शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

बुधबार, ११ पुस २०८०, २२ : ०३
बुधबार, ११ पुस २०८०

आज २०८० पुस ११ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

ग्यालेक्सीमा डुब्यो सूर्यदर्शन

विभिन्न समयमा पेस्की र ऋणसहित १० करोडभन्दा बढी रकम गोर्खा मिडियाको नाममा जम्मा भएको छ । गोर्खा मिडिया राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुनै समय प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी फोर के टीभीको माउ कम्पनी हो । गीतेन्द्र राई टीभीका अध्यक्ष हुन् भने सूर्य दर्शन सहकारीका पूर्व अध्यक्ष ।

मृत्युदण्डको सजाय

झापा कनकाई नगरपालिका–३, त्रिवेणी टोलका ३३ वर्षीय सुवास राउत सन् २०१७ मा वैदेशिक रोजगारीका लागि कतार गए । कतारमा उनी समुद्रमा पानी तान्ने पम्प चलाउने काम गर्थे । उनीसँगै १८ जना नेपाली थिए । सबै जना एउटै कम्पनीमा काम गर्दै आएका थिए । 

पीएचडी गर्ने धोको

नेपाली कांग्रेस जाजरकोटकी सांसद मैना कार्कीले हालै त्रिभुवन विश्वविद्यालयले गरेको ४९ औँ दीक्षान्त समारोहमा भाग लिइन् । राजनीतिक शास्त्रमा एमए गरेकी उनको पीएचडी गर्ने धोको पनि छ तर सांसदको भूमिकामा लाग्नुपर्ने भएकाले समय व्यवस्थापन गर्न गाह्रो हुने भएकोले अहिलेका लागि त्यो सपना उनले स्थगित गरेकी छिन् ।

 एउटा मात्रै कानुन

गत वर्ष मङ्सिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनपछि सुरु भएको प्रतिनिधि सभाको बैठक १ वर्षमा २३७ घण्टा २० मिनेट बसेको छ । यसमा दुवै सदनको संयुक्त बैठकको हिसाब गरिएको छैन । उक्त एक वर्षमा २ अधिवेशन सञ्चालन हुँदा पहिलो र दोस्रो अधिवेशनमा गरेर १ सय वटा बैठक बस्यो तर सो अवधिमा बजेट सम्बन्धी ३ विधेयकबाहेक जम्मा एउटा कानुन बनेको छ । 

सन्दीप लामिछानेको मुद्दा

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा वादी पक्षको बहस सकिएको छ । वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका छन् ।

लेखा समिति बैठक

टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) कार्यान्वयन प्रक्रिया रोक्न लेखा समितिले निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले टेरामक्स प्रविधि खरिदमाथि १५ प्रश्न उठाउँदै यससँग सम्बन्धित सबै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको हो ।

देउवाको रेडिमेड जवाफ

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा चहल–पहल बढेको छ । बिहान ८ नबज्दै कांग्रेस नेताहरुको भिडभाड सुरु भाइहाल्छ ।

महन्थ ठाकुरको भण्डाफोर 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बिचको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष ठाकुरको काम कारबाहीबाट असन्तुष्ट भएर पार्टीका बैठक तथा अन्य कार्यक्रम बहिष्कार गर्दै नेता महतो अहिले मधेसमा ‘मुभ’ भएका छन् ।

लक्ष्य पूरा

सन् २०२३ को पर्यटन आगमनको सरकारी लक्ष्य पुरा भएको छ । सरकारले यस वर्ष १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । डिसेम्बर अन्तिम साता आइपुग्दा १० लाख पर्यटक भित्र्याएर सरकारले आफ्नो लक्ष्य पुरा गरेको हो । 

समाजवादी मोर्चा

समाजवादी मोर्चाले नेपालले आफ्ना कार्यक्रमलाई निरन्तरता दिने भएको छ । त्यसअन्तर्गत जिल्ला कमिटी गठन गर्न बाँकी रहेका स्थानमा पुस महिनाभित्र कमिटी गठन गरिसक्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप