निराशाजनक नतिजापछि बर्मिङ्घमले प्रशिक्षक वेन रोनीलाई पदबाट हटायो
काठमाडौँ । इङ्लिस क्लब बर्मिङ्घम सिटीले प्रशिक्षक वेन रोनीलाई पदबाट बर्खास्त गरेको छ । प्रशिक्षक नियुक्त भएको ८३ दिनपछि नै बर्मिङ्घम सिटीले ३८ वर्षीय रोनीलाई बर्खास्त गरेको हो । च्याम्पियनसिप क्लब बर्मिङ्घमले अक्टोबर ११ तारिखमा रोनीलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।
लामो समयदेखि बर्मिङ्घम सिटीले निरन्तर निराशाजनक प्रदर्शन गर्दै आएको छ । रोनीलाई प्रशिक्षक बनाएपछि पनि टोलीको प्रदर्शनमा सुधार नआएका कारण उनलाई पदबाट बर्खास्त गरिएको समाचारमा जनाइएको छ ।
२४ टोलीको सहभागिता रहने ईएफएल च्याम्पियनसिप तालिकामा बर्मिङ्घम सिटी हाल २०औँ स्थानमा छ । हालसम्म २६ खेल खेलेको बर्मिङ्घमले सात जित, सात बराबरी र १२ हारको नतिजा निकालेको छ । सोमबार राति खेलिएको आफ्नो पछिल्लो खेलमा बर्मिङ्घम सिटी लिड्ससँग ३–० गोलले पराजित भएको थियो ।
पछिल्ला १५ मध्ये नौ खेलमा बर्मिङ्घमले हार भोगिसकेको छ । ‘फुटबलमा क्लबहरुले जहिले पनि नतिजा खोज्छन् । यो स्वभाविक पनि हो । तर, मैले पनि बर्मिङ्घमको प्रदर्शनमा सुधार ल्याउन सकिन । त्यसैले क्लबले स्वभाविक निर्णय लियो,’ रोनीले भनेका छन् ।
रोनीलाई बर्खास्त गरिएपछि स्टिभ स्पुनरलाई क्लबको अन्तरिम प्रशिक्षक बनाइएको छ । रोनीले अब आफूले केही समय आराम गर्ने पनि बताएका छन् । ‘क्लबमा काम गर्ने अवसर दिएकोमा म ब्यवस्थापनप्रति आभारी छु । अब केही समय म आराम गर्न चाहन्छु,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण