कलाकार निरु निर्देशित नाटक ‘शान्तिको साथ’ मञ्चन
काठमाडौँ । कलाकार नीरु खड्काको लेखन निर्देशन रहेको नाटक ‘शान्तिको साथ’ मञ्चन भएको छ । मंगलबार साँझ राष्ट्रिय नाचघर जमलमा मञ्चन भएको नाटकमा दर्शकको राम्रो साथ रहेको थियो ।
शान्ति फाउन्डेसनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा मञ्चन भएको नाटक ‘शान्तिको साथ’ ले ‘मानव बेचबिखन’ र ‘साइबर स्लेभरी’ को मुद्दा उठाएको थियो ।
करिब एक घण्टाको नाटकमा लोकेन्द्र लेखक, दीपमाला परियार, सन्देश लामिछाने, चन्द्रा थापा, नमस्ते दिवाकर घिमिरे लगायतको अभिनय रहेको थियो ।
काठमाडौँ महानगरपालिकाको योजना अनुसार मञ्चन भएको नाटक काठमाडौँको टोल टोल र गाउँ गाउँमा पनि लैजाने तयारी छ । पछिल्लो समय सिरियल अभिनयबाट बाहिर रहँदै आएकी निरुले करिब दर्जन बढी नाटक निर्देशन गरिसकेकी छन् ।
क्रियटिभीटी गर्ने कलाकारका लागि नाटक राम्रो भएको निरु बताउँछिन् । बाहिर देखिने संसारलाई आफ्नो संसारमा ढालेर नाटकमार्फत सन्देश दिन पाइने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण