यू–१९ विश्वकपका लागि म्याच अफिसियलहरु नियुक्त
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसै महिना दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकपका लागि म्याच अफिसियलहरु नियुक्त गरेको छ । यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुँदैछ ।
प्रतियोगिताका लागि विभिन्न राष्ट्रबाट १६ अम्पायर र चारजना म्याच रेफ्री नियुक्त गरिएको समाचारमा जनाइएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक राष्ट्र दक्षिण अफ्रिका र पूर्वविजेता वेस्ट इन्डिजबिच हुनेछ ।
उद्घाटन खेलमा आयरल्यान्डका रोल्यान्ड ब्ल्याक र बंगलादेशका गाजी सोहेलले फिल्ड अम्पायरको भूमिका निर्वाह गर्नेछन् । ब्ल्याकले यसअघि पनि दुईवटा यू–१९ विश्वकपमा अम्पायरको भूमिका निर्वाह गरिसकेका छन् । उक्त खेलमा श्रीलंकाका ग्रेहम लाब्रुईले म्याच रेफ्रीको भूमिका निर्वाह गर्नेछन् ।
उक्त विश्वकपमा अम्पायरको भूमिकामा विसमिल्लाह जन सिनवारी, डोनोभान कोच, फिल गिलेस्पी, गाजी सोहेल, मसुदुर रह मुकुल, माइक ब्रुन्स, केएनए पदमनभान, रोल्यान्ड ब्ल्याक, फैसल खान अफरिदी, रासिद रियाज वकार, अल्लाउद्दिन पालेकर, बोनगानी जेल, प्याट्रिक गुस्टर्ड, निगेल दुगुइद, लाङ्टन रुसेर र फोस्टर मुतिजवा रहेका छन् ।
यसैगरी म्याच रेफ्रीको भूमिकामा ग्रेहम लाब्रुई, साहिद वादभाला, नारायण कुट्टी र वेन नुन रहेका छन् । यू–१९ विश्वकपमा १६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभागजन गरिएको छ ।
नेपालले पनि यू–१९ विश्वकप खेल्दैछ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान पनि रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ ।
यसैगरी नेपालले आफ्नो दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र तेस्रो खेल २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबिया रहेका छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, इङ्ल्यान्ड, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह ‘ए’ मा भने भारत, बंगलादेश, अमेरिका र आयरल्यान्ड रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण