राष्ट्र बैंक रिपोर्ट
६३ हजारले घट्यो श्रम स्वीकृति लिनेको सङ्ख्या, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा पनि गिरावट
बिहीबार, २६ पुस २०८०, १७ : ४६

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको अवधिमा १ लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति राष्ट्र बैङ्कले जनाएको छ । पाँच महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैङ्कले यस अवधिमा १ लाख ७३ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएको जनाएको हो ।
गत आर्थिक वर्षको यही अवधिमा २ लाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए । जुन, यो वर्षको समीक्षा अवधिको तुलनामा ६३ हजारले न्यून हो ।
यस्तै, यस अवधिमा १ लाख ४ हजार ३७ जनाले पुनः श्रम स्वीकृति लिएको राष्ट्र बैङ्कले जनाएको छ । गत वर्षको समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख १५ हजारभन्दा धेरै थियो । यो वर्ष पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा समेत गिरावट आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन गर्नुपर्छ : अध्यक्ष सिंह
-
यूएईको सम्पूर्ण टोली ‘रिटायर आउट’
-
बागमतीमा आइतबारबाट युवा सम्मेलन
-
भारत–पाकिस्तान संघर्ष चीनका लागि कसरी अवसर बन्दै थियो ?
-
भारत र पाकिस्तानबिचको सैन्य कारबाही रोक्ने निर्णय आपसी सहमतिकै आधारमा भएको दाबी
-
भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति