बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपिल शर्माको नयाँ कार्यक्रम तीन एपिसोडपछि बन्द

बिहीबार, २९ चैत २०७४, ११ : ५९
बिहीबार, २९ चैत २०७४

भारतीय हास्यकलाकार कपिल शर्माको नयाँ कार्यक्रम बन्द भएको छ ।

‘फ्यामिली टाइम विद् कपिल शर्मा’ नामक कार्यक्रममार्फत टेलिभिजनमा फिर्ता भएका कपिल शर्माको कार्यक्रम तीन एपिसोड पछि नै बन्द भएको हो  ।

कपिल शर्माको अव्यवसायिक मनोवृत्तिका कारण आफूहरु यस्तो निर्णय लिन बाध्य भएको सोनी च्यानलले बताएको छ । गत सोमबार यसबारे निर्णय लिइएको हो ।

कपिल शर्माले वेबसाइट ‘स्पटब्वाई’ का सम्दापक विक्की लालवानीमाथि गरेको अभद्र फोन कल पनि पनि यसको कारण हुनसक्ने भारतीय संचार माध्यमले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

कपिल शर्माले सम्पादकलाई धम्की दिँदै भने, ‘तेरो छोरी मसँग *** चाहन्छे’

कपिलले विक्की लालवानीलगायत उनकी पूर्व म्यानेजर नीति र अर्की एक महिला प्रितीमाथि उजुरी दर्ता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप