नोबडी प्रोडक्सनले नयाँ रियालिटी शो ल्याउने
काठमाडौँ । को बन्छ करोड पति, सारेगमप लिटिल च्याम्पस नेपाल, क्राइम पेट्रोल नेपाल आदि रियालिटी शोहरू भित्र्याएको लामो समयपछि नोबडी प्रोडक्सन प्रालिले अर्को नयाँ रियालिटी शो ल्याउने भएको छ।
नयाँ शो अलि भिन्न शैली र आधुनिक प्रविधिलाई जोड दिँदै निर्माण हुने बताइएको छ । यो शोको ढाँचा, मार्केटिङ, ब्रान्डिङ्, एड्भटाईजिङ्ग लगायतको विषयमा सहयात्री भएर नक्षत्र एड्भटाईजिङ्ग प्रालि जोडिएको छ।
नक्षत्र एड्भटाईजिङ्गले विभिन्न इभेन्टहरु र विभिन्न ब्रान्डहरुको एड्भटाईजिङ्ग गर्दै आएको छ।मिस नेपाल २०२३ को पनि एड्भटाईजिङ्ग, ब्रान्डिङ्र इभेन्ट म्यानेजमेन्ट पार्टनर रहेको नक्षत्र एड्भटाईजिङ्गका सिइयो इन्जिनियर अश्विन अधिकारी र नोबढी प्रोडक्शनका सिइयो सुरक्षा अधिकारीबिच सहकार्य गर्न सम्झौता हालै भएको छ।
सम्झौता अनुसार रियालिटी शो बिबि सिजनवानको एक्सक्लुसिभ मार्केटिङ राईट नक्षत्र एड्भटाईजिङ्गले लिएको छ।
यो शोमा भिवर्सर अडियन्सले अत्यन्त भिन्न अनुभूति पाउनेछन् भन्नेमा आफूहरू विश्वस्त रहेको दुवै सिइयोको दाबी छ।यस शोको नाम बिबि राखिएको छ भने यसको पूरा नाम अहिले गोप्य नै राखिएको छ।यस बिबि रियालिटी शोको विधा पनि अहिलेलाई गोप्य नै राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
-
बौलाहा खोलामा मोटरेबल पुल निर्माण
-
इटालीको राष्ट्रिय फुटबल टोली सम्हाल्न पेप ग्वार्डिओलामाथि नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण