डुसानको दुई गोलसँगै युभेन्ट्सको सजिलो जित
काठमाडौँ । इटालियन सिरिए फुटबल प्रतियोगिताको बुधबार खेलिएको खेलमा युभेन्ट्सले सासुओलोलाई ३–० गोलको फराकिलो अन्तरले हराएको छ । घरेलु मैदानमा खेलिएको एकपक्षीय खेलमा युभेन्ट्सले प्रारम्भदेखि नै प्रतिद्वन्द्वीलाई दबाबमा राखेको थियो ।
युभेन्ट्सले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । युभेन्ट्सको सजिलो जितमा डुसान भ्लाहोभिचले दुई गोलको योगदान गरेका थिए । खेल सुरु भएको १५औँ मिनेटमै डुसानले युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
निर्धारित समयमा डुसानले नै ब्यक्तिगत रुपमा दोस्रो गोल थपेपछि पहिलो हाफमै युभेन्ट्स २–० ले अगाडि बढेको थियो । युभेन्ट्सका लागि तेस्रो गोल भने निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि फेड्रिको चिएसाले गरेका थिए ।
जारी सिजनको सिरिएमा २० खेलबाट ४९ अंक जोड्दै युभेन्ट्स तालिकाको दोस्रो स्थानमा आसिन छ । युभेन्ट्सले १५ खेलमा जित, चार खेलमा बराबरी र केवल एक खेलमा हारको नतिजा निकालेको छ । समान खेलबाट ५१ अंक बटुलेको इन्टर मिलान तालिकाको पहिलो स्थानमा छ । २० खेलबाट १९ अंक जोडेको सासुओलो भने तालिकाको १४औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण